×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ’ : मन्त्री रिजाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ’ : मन्त्री रिजाल

Artha Sarokar

२२ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरी रहेको बताएका हुन् ।

उनले भने, ‘उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।’ उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले बताए । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उनले भने, ‘उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।’ सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए ।

आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड-१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए । यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी