×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारबारे निर्णय गर्न शुक्रबार रास्वपाको बैठक बस्दै, लेला त सरकारलाई दिएको समर्थन फिर्ता ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सरकारबारे निर्णय गर्न शुक्रबार रास्वपाको बैठक बस्दै, लेला त सरकारलाई दिएको समर्थन फिर्ता ?

काठमाडौं । सरकारबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा टुँगो लगाउन रास्वपाले शुक्रबार ५ बजेका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

नागरिकता विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

यद्यपी सरकारलाई दिएको सममर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा रास्वपाले आज निर्णय गर्नेछ । बैशाख १० को उपनिर्वाचनमा विजयी भएलगत्तै रास्वपाका सभापति रवि लामिछानेले सरकालाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिएका थिए ।

हाल रास्वपालाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनका दलहरु कसरतरत छन् । तर रास्वपाले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै पनि आधिकारिक धारणा दिएको छैन । उक्त विषयमा रास्वपाले आज निर्णय गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: