×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु’ : रेशम चौधरी

PRIME CA

‘सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु’ : रेशम चौधरी

३ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् । मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा उनीमाथिको जन्मकैदको सजाय सदर गर्ने निर्णय गरेको थियो ।

जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायोचित नभएपनि स्वीकार्नुको विकल्प नभएको चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । ’

यो निर्णयकै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निर्णयको सम्मान गरिदिन पनि आग्रह गरेका छन् । उनले आफु डिल्लीबजार कारागारमा रहदा पनि रत्तिभर विचलित नभएको उल्लेख गर्दै आफु स्वस्थ्य पनि भएको बताएका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: