काठमाडौँ । एकाविहानै विश्व साइकल यात्री पुस्कर शाहको पोष्टले सामाजिक संजाल ततायो । उनले आफ्नो साइकल भएकै कारण रास्वपाको केन्द्रीय कार्यालयमा प्रवेश गर्न नदिएको भन्दै रिस पोखे । तर रास्वपाका नेताले भने पुस्कर शाहले रास्वपाको बदनाम गर्ने भाष्य निर्माण गर्न खोजेको भन्दै दुख व्यक्त गरेका छन्।
‘विश्व साइकल यात्री पुष्कर शाहले आज बिहान आफ्नो सामाजिक सञ्जाल ‘फेसबुकमा राख्नुभएको पोस्टमा’ मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हो, मैले उहाँलाई भेट्न बोलाएको थिए, उहाँ जस्तो व्यक्तित्वले भेट्न खोज्नु भयो भने सायदै कसैले विमति जनाउँछ होला । तर, दु:ख लागेको कुरा चाहिँ उहाँले फोन नउठेको कुरा चाहिँ समावेश गर्नु भएको रहेछ तर त्यस लगतै मैले फोन गरेको र उहाँले काटिदिनु भएको कुरा चाहिँ भन्न छुटाउनु भएछ ।
उहाँले भने अनुसार उहाँको साइकल नै भएको कारणले पार्टी कार्यालयभित्र राख्न दिइएन भन्ने कुरा लाई फेरी मैले खण्डन गर्नुपर्ने हुन्छ, किनभने हाम्रो स्टाफ देखि केन्द्रीय सदस्यहरूले पनि साइकल प्रयोग गर्नु हुन्छ । कुरा के रहेछ भने हाम्रो पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरू सबै पाहुनाहरू जस्तै उहाँलाई पनि आफ्नो साधन बाहिर राखिदिन अनुरोध गरिएको रहेछ । तर, उहाँले यसलाई सर्वसाधारणमा गलत ढङ्गले प्रस्तुत गरी हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु भएको देख्दा साह्रै दु:ख लागेको छ ।’ रास्वपाका नेता डिपी अर्यालले लेखेका छन् ।
यद्यपी उनले पुस्कर शाहले भोग्नुपरेको असहजताप्रति माफी मागेका छन् । ‘अन्त्यमा, प्रिय पुष्कर जी, तपाईँले बिहान भोग्नु परेको असहज परिस्थितिप्रति माफी माग्न चाहें । तर, अधुरो र अपुरो कुरा मात्रै पोस्ट गर्नु भएकोमा दु:ख पनि लागेको छ । साथै, तपाईँको सुरुवाती दिन देखि नै मेरो साथ र समर्थन थियो , छ र रहनेछ यो यहींबाट स्मरण गराउन चाहे ।’ उनले सामाजिक संजालमा लेखेका छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्