काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् । सोमबार चितवनस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो पार्टी सभापति रवि लामिछानेसँग कुराकानी भईरहेकाले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने दाबी गरेका हुन् ।
‘मैले उहाँसँग कुरा गरिसकेको छु। सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुन्न, बरु सरकारमा आउने बारेमा छलफल चलिरहेको छ । मैले पनि गठबन्धनमा सल्लाह गरेर केही दिनपछि फेरि भेट्ने र टुंगोमा पुग्ने भन्ने छ। समर्थन फिर्ता लिने स्थिति बन्दैन।’ पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले भने । लामिछानेले सरकारमा आउनेबारे पार्टीमा सल्लाह गर्ने भनेर आफूलाई बताएको प्रचण्डको भनाइ छ।
रास्वपाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक निर्णय गरिसकेको छ । यद्यपी गृहसहितका मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा रास्वपा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्