काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका सागर ढकालले कोठाभाडा नतिरेको खुलासा भएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिएका ढकालले ८ महिनादेखि कोठाभाडा नतिरेको पाइएको हो ।
चुनावी प्रचारप्रसारका बेला डडेल्धुराको अमरगढी नगरपालिका ५ विद्युत् रोडमा कोठा भाडामा लिएका ढकालले भाडा नतिरेको घरभेटी सीतादेवी भाटले बताएकी छिन् । ‘चुनावका बेलामा उहाँले कोठमा भाडामा लिनुभएको हो ।’, उनले भनिन्, ‘तर, अहिले कोठमा ताला लगाइएको छ । उहाँ कहा हुनुहुन्छ थाहा छैन ।’
ढकालले चुनावअघि नै भाडामा लिएको कोठामा अहिले ताला लगाइएको छ । घरभेटीका अनुसार ढकालले मासिक ३ हजार तिर्ने सम्झौता अनुसार कोठा भाडामा लिएका थिए । तर, असोजदेखिको भाडा नतिरी ढकाल सम्पर्कविहीन भएपछि घरभेटी प्रहरीमा निवेदन दिने तयारीमा रहेको बुझिएको छ ।
ढकाल प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा उनकै विरुद्ध चुनाव लडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्