काठमाडौं । बेनी नगरपालिकाका प्रमुख सुरज केसीले सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौँ भन्ने विषयमा आफुहरु सचेत रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकले स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि पेश गरेको सुझाव बुझ्दै नगर प्रमुख केसीले यस्तो बताएका हुन् ।
मुलुकमा वित्तीय संकट आएसंगै सहकारी क्षेत्रमा पनि तरलता अभाव देखिएको छ, सहकारीमा देखिएको समस्यामा नगरपालिकाको भूमिका के छ, समस्या आउनुमा हाम्रो भूमिका पो छ कि ? भनेर गंभिरताका साथ अध्ययन गरिरहेको र समस्या समाधानका उपायको खोजी गर्न थालेको नगर प्रमुख केसीले जानकारी दिए । सहकारीमा समस्या आउनुका कारण बारेमा हामी सामान्यतया जानकार नै छौ, समस्याको पहिचान गर्न, नगरपालिकाको तर्फबाट समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रमुखको नेतृत्वमा कार्यदल नै बनाएर काम शुरु गरिएको उनले जानकारी दिए ।
नगर उपप्रमुख ज्योती लामिछानेले नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीहरुको अनुगमन गरी सकिएको र देखिएका कैफियतहरुको बारेमा सम्बन्धित संस्थाहरुलाई लिखित सुझाव दिने तयारी रहेको बताईन् । उनले पहिलो चरणमा हामीले समस्या समाधानका लागि सुझाव दिन्छौं, सहजीकरण गर्छौं, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गर्छौं, त्यसो गर्दा पनि सुधार नभएमा कानुनी कार्वाहीमा समेत जाने उनले बताईन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकले प्रस्तुत गरेका सुझावहरुको बारेमा जानकारी गराउँदै सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पालिकाहरुले प्रवद्र्धन, विकास र नियमनका क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिए ।
बैंकका तर्फबाट प्रस्तुत गरिएको सुझावहरु बैंकका सञ्चालक जिसी, बैंकको जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका संयोजक रमेश गिरी, सदस्य लाल बहादुर अधिकारी, सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई हस्तान्तण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्