Skip to content
LAXMI SUNRISE BANK

संसदमा राप्रपाको हंगामा, १५ मिनेटको लागि बैठक स्थगित

अर्थ सरोकार

काठमाडौं । बुधबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हंगामा गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

संसदमा आफूहरुलाई बोल्न नदिइएको भन्दै राप्रपाका सांसदहरुले संसदमै नारबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो । बैठक सुरु भएलगत्तै राप्रपाका सांसदहरुले आकस्मिक समय माग गरेका थिए ।

तर, सभामुख देवराज घिमिरेले समय नभएको भन्दै संसद बैठक अघि बढाउन खोजेपछि उनीहरु रोस्टम अघि आएरै नाराबाजी गरेका हुन् ।

नाराबाजीकै बीच बैठक अघि बढाउने अवस्था नभएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK