×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

लगानीकर्तासँग कांग्रेस सभापति देउवाले भने- ‘पूँजी बजारप्रति म सकारात्मक छु, बरु अवरोधका अन्य ढोका ढकढकाउनुस्’

BIZBAZAR

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आफू पूँजी बजारप्रति सकारात्मक रहेको बताएका छन् । सेयर बजारका लगानीकर्ताहरुसँग भेट गर्दै देउवाले आफू पूँजी बजारको समस्याप्रति पूर्ण रुपमा ज्ञात रहेको बताएका हुन् ।

बिहीबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र पूँजी बजार लगानीकर्ता संघका प्रनिनिधिसहितको टोलीले कांग्रेस सभापति देउवासमक्ष पूँजी बजार सुधारका विभिन्न ६ माग प्रस्तुत गरेका थियो । सोही क्रममा देउवाले पूँजी बजारको सुधारको पक्षमा आफू र आफ्नो पार्टी सँधै सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।

‘हामीले राखेका मागप्रति उहाँ सकारात्मक हुनुहुन्थ्यो ।’, नेपाल पूँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘उहाँले आफूलाई विगतदेखि नै पूँजी बजारका समस्याका बारेमा थाहा भएको र पूँजी बजार सुधारका लागि पूर्ण सहयोग गर्ने भन्नुभएको छ । नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रियाका लागि पनि सहयोग गर्ने प्रतिवद्धता गर्दै उहाँले बरु अवरोध भएका अन्य निकायमा जान समेत आग्रह गर्नुभएको छ ।’

कांग्रेस सभापति देउवालाई लगानीकर्ताहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै, सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।

त्यस्तै, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ । साथै बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले देउवाससँग अनुरोध गरेका छन् । यस्ता छन् देउवासंग लगानीकर्ताले गरेका ६ माग:

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal