काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७१ कम्पनीको २३ लाख ३६ हजार ६ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड २२ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ४४ लाख ४९ हजार ८ सय ८३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा १०% सनराइज डेबेञ्चर २०८०, गुराँस लघुवित्त वित्तिय संस्था, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लु चिप फण्ड र सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २ कारेड ४४ लाख ४९ हजार ८ सय ८३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल दूरसंचार कम्पनी, शिवम् सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, नबिल बैंक लिमिटेड र एभरेस्ट बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकशनका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । स्वेत-गंगा हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा मिथिला लघुवित्त वित्तिय संस्था, नयाँ सारथी लघुवित्त, किसान लघुवित्त वित्तिय संस्था र सानिमा मिडेल तमोर हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्