काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६३ कम्पनीको २० लाख १५ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इस्टर्न हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड, राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा मकर जितुमाया सुरी हाइड्रोपावर, नबिल बैंक, एनआइसी एशिया बैंक, ङ्गादि ग्रुप पावर र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनएमबि डेबेञ्चर ८.५०% का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि डेबेञ्चर ८.५० % को सेयरमा यस्तो गिरावट आउँदा मकर जितु माया सुरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र स्वेत-गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्