काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७० कम्पनीको २८ लाख १० हजार ६ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड ७८ लाख २१ हजार २ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, एनआइबिएल ग्रोथ फण्ड, १०.२५% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८३, बिपीडब्लु लघुवित्त र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३ करोड ७८ लाख २१ हजार २ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमाल दोलखा हाइड्रोपावर, हिमालयन डिष्ट्रिलरी, तारागाउँ रिजेन्सी होटल, एनआइसी एशिया बैंक र घलेम्दी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । इस्टर्न हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स र किसान लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्