काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६९ कम्पनीको २८ लाख ३६ हजार १ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९ सय १३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा कालिन्चोक दर्शन लिमिटेड, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर नेपाल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९ सय १३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त वित्तिय संस्था, नबिल बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी र नेपाल दूरसंचारको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिक नेपालको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, मनकामना स्मार्ट लघुवित्त र एनआइबिएल ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्