×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २.४३ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोडमाथिको कारोबार

PRIME CA

बुधबार २.४३ अंकले घट्यो नेप्से परिसूचक, ५८ करोडमाथिको कारोबार

२७ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.४३ अंकले घटेर १८४१.९३ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको १९ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड ५६ लाख १० हजार ८ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बाराही हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त, बिपीडब्लु लघुवित्त, न्यादी हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड ५६ लाख १० हजार ८ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नबिल बैंक, शिवम् सिमेन्ट, नेपाल दूरसंचार कम्पनी, एभरेस्ट बैंक र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ९.५ % एनसीसी डेबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । ९.५ % एनसीसी डेबेञ्चरको सेयरमा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, एनआइबिएल प्रगति फण्ड र इस्टर्न हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: