×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ३.३४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहिबार ३.३४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२८ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २५९ कम्पनीको २१ लाख ५ हजार ६ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिटिजन्स म्युचुअल फण्ड-१, मनकामना स्मार्ट लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुमारी इक्वटी फण्ड र अग्रीकल्चर डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा ग्लोबल आइएमई बैंक लिमिटेड प्रमोटर सेयर, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन डिष्ट्रिलरी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । फरवार्ड माइक्रोफाइनान्सको सेयरमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, एशियन हाइड्रोपावर, बलेफी हाइड्रोपावर र पन्चकन्य माई हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी