काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको हो ।
आइतबर नेप्सेमा कुल २६३ कम्पनीको २७ लाख ८८ हजार ८ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, मिथिला लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर, स्वाभिमान लघुवित्त र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, नबिल बैंक र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । राष्ट्र उत्थान लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जलबिद्युत, हिमालयन ऊर्जा विकास, स्वेत-गंगा हाइड्रोपावर र अग्रिकल्चर डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्