×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ३२.३० अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

बिहिबार ३२.३० अंकले बढ्यो नेप्से परिसूचक

४ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २६४ कम्पनीको ४४ लाख २२ हजार १ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४ सय ३६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहिबार सेयर बजारमा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा आत्मनिर्भर लघुवित्त, शिव श्री हाइड्रोपावर, गणपति लघुवित्त वित्तिय संस्था, स्वेत-गंगा हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहिबार सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४ सय ३६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, एभरेस्ट बैंक लिमिटेड, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट र तारागाउँ रिजेन्सी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबार सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । एनआइबिएल ग्रोथ फण्डमा यस्तो गिरावट आउँदा १० % हिमालयन बैंक डेबेञ्चर २०८३, एनएमबि ५०, सामुदायिक लघुवित्त वित्तिय संस्था र किसान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: