काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७३ कम्पनीको ४८ लाख २८ हजार ७ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४ सय ८० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, सनराइज फोकस्ड इक्वटी फण्ड, पोखरा फाइनान्स, तारागाउँ रिजेन्सी होटल र नेको इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४ सय ८० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा राष्ट्रिय बिमा कम्पनी, तारागाउँ रिजेन्सी होटल, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल दूरसंचार कम्पनी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । आदर्श लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, मन्दाकिनी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रकशन र १०.२५ % एनबिबिएल डेबेञ्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्