×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ८.१० अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब २७ करोडमाथिको कारोबार

PRIME CA

सोमबार ८.१० अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब २७ करोडमाथिको कारोबार

८ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७२ कम्पनीको ३४ लाख ९५ हजार ७ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४ सय ९४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा युनिलिभर नेपाल, गुडविल फाइनान्स, सामुदायिक लघुवित्त वित्तिय संस्था, माया खोला हाइड्रोपावर र सनराइज फोकस्ड इक्वटी फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४ सय ९४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, ओरियन्टल होटल, एनआइसी एशिया बैंक, राष्ट्रिय बिमा कम्पनी र तारागाउँ रिजेन्सी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । ग्रीन लाइफ हाइड्रोपावरमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त वित्तिय संस्था, सपोर्ट माइक्रो फाइनान्स, तेर्हथुम पावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: