×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढेर नेप्से १९४२.६३ बिन्दुमा

PRIME CA

मंगलबार सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढेर नेप्से १९४२.६३ बिन्दुमा

९ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २७१ कम्पनीको ६० लाख ६७ हजार ४ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ५ लाख १५ हजार ४ सय ३९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबार सेयर बजारमा कालिका लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा खप्तड लघुवित्त वित्तिय संस्था, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, सामुदायिक लघुवित्त वित्तिय संस्था, रिभर फल्स पावर र अजोड इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ५ लाख १५ हजार ४ सय ३९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल दूरसंचार कम्पनी, एनआइसी एशिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन डिष्ट्रीलरी र सुर्यज्योती लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा सनराइज फिर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले बढेको हो । सनराइज फिर्स्ट म्युचुअल फण्डमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई बैंक लिमिटेड डेबेञ्चर २०८६/८७, लक्ष्मी उन्नति कोष, ८.५% लक्ष्मी बैंक डेबेञ्चर २०८८ र आदर्श लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: