×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार

PRIME CA

बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार

१० जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २७० कम्पनीको ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबार सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा युनिलिभर नेपाल, शिवम् सिमेन्ट, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, स्वाभिमान लघुवित्त वित्तिय संस्था र युनाईटेड इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा न्यास्नल लाइफ इन्स्योरेस, हिमालयन डिष्ट्रिलरी, सोल्टी होटल, ओरियन्टल होटल र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा सानिमा इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । सानिमा इक्वटी फण्डमा यस्तो गिरावट आउँदा अजोड इन्स्योरेन्स, सुपर मादी हाइड्रोपावर, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-२  र लिबर्टी इनर्जी कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: