काठमाडौं । बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६२ कम्पनीको ८७ लाख ३६ हजार १ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा माई खोला हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-१, पिपुल्स पावर लिमिटेड, सयपत्री हाइड्रोपावर र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, स्टाण्डर्ड चार्टड बैंक, एनआइसी एशिया बैंक, तारागाउँ रिजेन्सी होटल र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । युनिलिभर नेपाल लिमिटेडमा यस्तो गिरावट आउँदा एशियन हाइड्रोपावर, दोर्दी खोला जलबिद्युत, पाँचथर पावर र युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्