काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.३१ अंकले बढेर १८२१.६२ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६९ कम्पनीको २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड १ लाख ४६ हजार ३ सय ६१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा आत्म्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा माया खोला हाइड्रोपावर, हिमालयन उर्जा विकास, सनराइज फोकस्ड इक्वटी फण्ड, राप्ती हाइड्रो एण्ड जेनेरल र न्यादी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड १ लाख ४६ हजार ३ सय ६१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल इन्स्योरेन्स, हिमालयन बैंक लिमिटेड र नेपाल एसबिआइ बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । माई खोलाको सेयरमा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, इस्टर्न हाइड्रोपावर, मानुषी लघुवित्त वित्तिय संस्था र बोटलर्स नेपाल (तराई)मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM








प्रतिक्रिया दिनुहोस्