काठमाडौं । रिपोर्टिङका क्रममा आफ्ना सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको भन्दै टेकपाना मिडिया प्रालिले आपत्ति जनाएको छ । बुधबार रिपोर्टिङका क्रममा आफ्ना सञ्चारकर्मीमाथि सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले दुर्व्यवहार गरेको घटनाप्रति टेकपानाले आपत्ति जनाएको हो ।
सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि बुधबार टेकपानाका सञ्चारकर्मी कम्पनीको वर्कशप पुगेका थिए । सोही क्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् ।
घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै टेकपानाले पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङमा खटिएका सञ्चारकर्मीमाथि भएको घटनाको भत्सर्ना गरेको छ ।
‘कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए ।’, टेकपानाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गरेका थिए ।’ सोही क्रममा सञ्चारकर्मीलाई ब्याट्रिको फोटो भिडियो किन खिचेको भन्दै थापाले दुर्व्यवहार गरेका थिए ।

यता थापाले भने आफुले टेकपानाकर्मीमाथि दुर्व्यवहार नगरेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले कसैले बोलाएको मान्छेलाई दुर्व्यवहार नगर्ने र आफुले पनि त्यसो नगरेको दाबी गरेका हुन् । ‘मैले ब्याट्री नखिच्नु भनेको हो । त्यसभन्दा बढी केहि पनि होइन । उहाँहरुको विज्ञप्तिदेखि हामी आफैँ छक्क परेका छौँ ।’ उनले भने ।
‘तर कसैले दुर्व्यवहार नभई कसरी दुर्व्यवहार भयो भन्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनले रिसाउँदै भने -‘तपाईंले टेकपानाको सपोर्ट गरिरहनुभएको मात्र देखियो । मिडियाले हाम्रो कम्पनी बन्द नै गराउन खोजे पनि हामीलाई केहि फरक पर्दैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्