Skip to content
LAXMI SUNRISE BANK

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । आइतबार नेता आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनको आइतबार १२ बजे नै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण हुनेछ ।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु–२ बाट विजयी भएका थिए । यसअघि बिहीबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

यसअघि यो मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवको मन्त्रालय फेरिएको छ। उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK