Skip to content
LAXMI SUNRISE BANK

‘मेरा पिक’को चुचुरोमा स्याब्रु चनेर १५ शेर्पा कलाकारले किर्तिमानी कायम गरे

अर्थ सरोकार

काठमाडौं । ‘मेरा पिक’मा १५ शेर्पा कलाकारहरुले स्याब्रु नाचेर कीर्तिमानी कायम गरेका छन् । मेरा पिक हिमालको चुचुरोमा सात जिल्लाका १५ जना शेर्पाले स्याब्रु नृत्य गरेर विश्व कीर्तिमानी कायम गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच वर्ल्ड बुक अफ रेकर्ड्सले ‘जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाममा रेकर्डको मान्यता दिँदै कीर्तिमान रच्ने कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । लन्डनमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्ड्सबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा तथा छेतेन शेर्पा छन् । कार्यक्रम शेर्पा इभेन्ट्स अर्गनाइजरले गरेको हो । अर्गनाइजरका अध्यक्ष नुरु शेर्पा हुन् ।

विशाल हिमालयलाई पृष्ठभूमिमा सजाउँदै स्याब्रु नृत्य गरेको संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन नेपाल च्याप्टरका सागर कटुवाललगायतको उपस्थिति थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK