काठमाडौं । रोजगारीका लागि तिब्बतको ताक्लाकोट पुगेका हुम्लाका स्थानीय रित्तै हात घर फर्किएका छन् । चीनले हिल्सा नाका खोलेसँगै रोजगारीका लागि ताक्लाकोट पुगेका स्थानीय कामै नपाएपछि रित्तै हात फर्किन बाध्य भएका हुन् ।
यसो त चीनले विगत साढे ३ वर्षदेखि हिल्सा नाका बन्द गरेको थियो । कोरोना महामारीको संक्रमण केही कम भएको भन्दै हाल चीनले नाका खुला गरेको छ । तर, नाका खुलेसँगै नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु तिब्बतको ताक्लाकोट पुगेको नेपालीहरु काम नपाउँदा समस्यामा परेका छन् । लामो समय नाका बन्द भएर एक्कासी खुला हुँदा रोजगारीका लागि सिमापारी जानेहरुको संख्या अध्याधिक रहेको स्थानीयको भनाई छ । ‘३ ४ वर्ष नै भयो नाका बन्द भएको । अहिले बल्लबल्ल नाका खुलेको छ । मजदुरी गर्न सयौँको संख्यामा नागरिक तिब्बत पुगेका छन् ।’, एक स्थानीयले भने, ‘कामदार नै धेरै भएपछि अहिले काम पाउनै मुस्किल छ ।’
चीनले नाका खुला गरेसँगै हुम्लाबाट १ सय २२ महिला र ३ सय ३२ पुरुष गरी कुल ४ सय ४५ नागरिक रोजगारीका लागि तिब्बत पुगेका छन् । तर, काम भन्दा कामदार धेरै भएपछि तिब्बतमा काम पाउनै मुस्किल भएको स्थानीयहरुको भनाई रहेको छ । ‘यसै पनि काम पाईंदैन । अर्कोतिर एकछाक खानाकै ८ सय पर्छ ।’, एक स्थानीयले भने, ‘आफूसँग भएको अलिकति पैसा पनि खाना खाँदै सकिन लागेपछि फर्किनुको विकल्प छैन ।’
चिनियाँ नाका बन्द भएर लामो समयदेखि बेरोजगार हुँदा दैनिक जनजीवन नै कष्ठकर बनेको हुम्ली नागरिक यतिबेला रोजगारी नपाएर तनाबमा छन् । नाका खुलेसँगै रोजगारी गर्ने र परिवार पाल्ने सपना बोकेर तिब्बत पुगेका हुम्ली रोजगारी नपाएपछि रित्तै हात फर्किन बाध्य छन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार नाका खुलेपछि रोजगारीका लागि सिमापारी जान आइतबारसम्म १ हजार १ सय ४७ जनाले सीमा पास बनाएका छन् । सीमा पास बनाएका मध्ये हालसम्म ४ सय ५४ जना तिब्बत पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्