काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, बन्दा १० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी (माछो) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, घिउ सिमीलोकल ३५ रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ३० रुपैयाँ, लोकल परवल ८० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, भटमासकोशा १२० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
आज सागको मूल्यमा भारी वृद्धि भएको छ । हिजो चमसूरको सागर पालुंगो साग ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भएकोमा आज दुवैको मूल्य बढेर १२० रुपैँया प्रतिकेजी पुगेको छ । तोरीको साग ३०, रायो साग २५, रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कन्य च्याउको मूल्यमा १० रुपैयाँ तथा डल्ले च्याउमा प्रतिकेजी २० रुपैयाँले बढेको छ । काक्रो १०० रुपैयाँ, हरियो धनीयाँ ३० रुपैयाँ, कन्यच्याउ १२० रुपैयाँ, तोफु १५० रुपैयाँ डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
फूजी स्याउ २५०, कागती २००, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५० र मौसम १५०, केरा दर्जनको १३०, तरबुजा ३५, आभोकाडो ५००, किवि ४००, अमला ९० तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्