काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी पूर्वगृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुलेको रकम सुरक्षा गार्डमार्फत बैंकमा जम्मा गर्न लगाएको खुलासा भएको छ । प्रहरी अनुसनधानका क्रममा पाण्डेले असुल गरेको रकम नीजि सुरक्षा गार्ड नेपाल प्रहरीका वरिष्ठ सईसमेत रहेका धर्मराज शाहीमार्फत बैंकमा जम्मा गर्न लगाएको खुलासा भएको छ ।
पाण्डेले सुरक्षा गार्ड शाहीमार्फत दुईवटा बैंक खातामा २०७८ मंसिर २ गतेदेखि २०७८ फागुन ११ गतेसम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गराएको पाइएको छ । पाण्डेमाथिको अभियोगमा उनले उक्त रकम एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ र हिमालयन बैंकमा रहेको खाता नम्बर ०२७०४६७२४७००१८ मा जम्मा गराएको उल्लेख छ ।
‘तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले मलाई विभिन्न मितिमा निजको कार्यकक्षमा बेलाई आफु केही व्यस्त भएकोले तपाईले मेरो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी आउनु भनि पठाउने गर्नु भएकोले मेरो नामबाट सम्बन्धित बैंकहरुमा गई रकम जम्मा गरी दिई उक्त रकम जम्मा गरेको भौचर निजलाई भेटी दिने गरेको थिए ।’, सरकारी वकिल कार्यालय काठमाडौंले बनाएको अभियोग पत्रमा धर्मराजले भनेका छन् ।
पाण्डेले उक्त रकम नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियामध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्