काठमाडौं । ठगी आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी रातभर फोन अफ गरेर लुकेका छन् । बुधबार अर्घाखाँचीमा रहेका उनी बुधबार बेलुकीनै विमानमा काठमाडौँ आउने तयारी थियो । तर विमानस्थलमा प्रहरी उनलाई पक्राउ गर्न तयार भएर बसेको सुचनापछि उनी विमानस्थल नै गएनन् ।
काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको प्रतिक्षामा ‘हाई अलर्ट’ छन् । उनलाई राती नै पक्राउ गर्ने प्रहरीको तयारी भए पनि उनी अहिले फरारजस्तै छन् । उनको फोन अफ छ । यद्यपी उनलाई कुनै हालतमा पक्राउ गर्ने भन्दै प्रहरी तयारी अवस्थामा छन् ।
बुधबार बेलुकी पत्रकारहरुसँग आफुले प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका उनी राती फोन अफ गरेर फरार भएका छन् । यो बीचमा उनले अर्को नम्बरबाट उच्च तहका नेताहरुसँग कुरा गरेको र के गर्ने भनेर सोधेको एमाले नेताहरुको दाबी छ ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको हो । टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्