Skip to content
LAXMI SUNRISE BANK

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री खुला, जेठ १६ गतेसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । युनिक नेपाल लघुवित्तले जेठ ११ गते बिहिबारदेखि एफपिओ बिक्री खुला गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपिओ बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, उक्त एफपिओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK