काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)को लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।
त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ८०, मटरकोशा १४०, तने बोडी ४०, भन्टा डल्लो ६०, भटमासकोशा १२०, तिते करेला ६०, लौका ५०, परवल १००, घिरौंला ५०, हरियो फर्सी ४०, कन्य च्याउ १६०, डल्ले च्याउ ३३०, कुरीलो ३००, ब्रोकाउली १६० र तोफु १२०, रुख कटहर ५०, लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।
बिहिबार मेथि, चमसुर र पालुंगो सागमा हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँ र हरियो प्याज, रायो र तोरीको सागमा प्रतिकेजी १० रुपैयाँले मूल्य वृद्धि भएर आएको छ ।
चमसूरको साग १२०, पालुंगो साग १२०,रायो साग ४०,तोरीको साग ४०,हरियो प्याज ६०,हरियो लसुन ८०,मेथिको साग १२०, हरियो धनियाँ ५०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, हरियो अंगुर १५०, कालो अंगुर ३३०, अनार २५०, कागती २००, आभोकाडो ५००, तरबुजा ३५, नेपाली मेवा ६०,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १४०,दशहरी आँप (भारतीय) २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्