काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)को लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।
त्यस्तै, भारतीय सुकेको प्याज ३५, लोकल घिउ सिमी ७०, मटरकोशा १४०,तने बोडी ४०,भन्टा डल्लो ६०,भटमासकोशा ११०,तिते करेला ६०,लौका ५०,परवल ११०,घिरौंला ५०, हरियो फर्सी ४५, कन्य च्याउ ११०, डल्ले च्याउ ३००, कुरीलो ३००, ब्रोकाउली ११० र तोफु १००, रुख कटहर ६०, लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।
चमसूरको साग १२०, पालुंगो साग १२०, रायो साग ४०, तोरीको साग ३०, हरियो प्याज ८०, हरियो लसुन ११०, मेथिको साग ११०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, हरियो अंगुर १८०, कालो अंगुर ३५०, अनार २५०, कागती २००, आभोकाडो ४००, तरबुजा ३०, नेपाली मेवा ६०, फूजी स्याउ २५०, मौसम १५०, केरा दर्जनको १४०, दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्