काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ,स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ४०, राजमा घिउ सिमी १००, लोकल सिमी ७०, भटमासकोशा १००, तिते करेला ५०,लौका ५०,परवल ९०, पाकेको फर्सी ४५, घिरौंला ५०, भिण्डी ५०, स्कूस ४०, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५०, बन्दा कुरीलो ३००, ब्रोकाउली १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
चमसूरको साग,११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ९०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४५० र मेवा नेपाली ६० रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्