काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३४रुपैयाँ, सेतो आलु २७ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी २५, राजमा घिउ सिमी ११०, लोकल सिमी ६०, भटमासकोशा ११०, तिते करेला ४०,लौका ४०,परवल ८०, पाकेको फर्सी ४५, घिरौंला ४०, भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा १०,कुरीलो ३००,ब्रोकाउली ६०, लोकल काँक्रो ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग,११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ५० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २२०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्