काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु (मुडे) ३६ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३३,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमासकोशा ११०, मटरकोशा १३०, तिते करेला ४०, लौका ४०, परवल ९०, पाकेको फर्सी ४५, घिरौंला ४०, भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु९०, लोकल बरेला १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ५०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
यता, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०, भारतीय दसहरी आँप २२०, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्