काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, रातो आलु(मुडे) ३६ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ४०, भटमासकोशा ११०, मटरकोशा १७०, तिते करेला ३०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४०, घिरौंला ५०,भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००,ब्रोकाउली ७०, तोफु ११०, बरेला १२० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४०, हरियो लसुन ११०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ ७० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०, भारतीय दसहरी आँप २२०,मौसम १५०, अनार २५०, केरा दर्जनको १५०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्