काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली लोकल गोलभेँडा १२ रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ७०, लोकल सिमी ६०, भटमासकोशा १३०, मटरकोशा १७०, तिते करेला २५, लौका ३०, परवल लोकल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो २५, घिरौंला ५०, भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ९०, लोकल काँक्रो १२०, बरेला ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ८०, हरियो प्याज ८०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १८०, मौसम १५०, अनार ३००, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा ११० र लिच्ची २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्