×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्री मोटरसाइकलका संस्थापकको दाबी- ‘बाइक भाँचिएको फोटो नयाँ नै हो, टेष्टमा सफल भईएन, सुधार गर्दैछौँ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

यात्री मोटरसाइकलका संस्थापकको दाबी- ‘बाइक भाँचिएको फोटो नयाँ नै हो, टेष्टमा सफल भईएन, सुधार गर्दैछौँ’

काठमाडौँ । यात्री मोटरसाइकलका संस्थापक असीम पाण्डेले सोमबार सामाजिक संजालमा भाईरल भएको तस्विर नयाँ नै रहेको स्वीकारेका छन् । कम्पनीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा कम्पनीले सो बाइक नयाँ वा पूरानो स्पष्ट नभनी टेष्टका क्रममा रहेको बाइक भनेपछि धेरैलाई ‘कन्युजन’ भएको थियो । कतिपय संचारमाध्यममा कम्पनीले सो फोटो पूरानो भनी दाबी गरेको खबर पनि सार्वजनिक भएको थियो ।
तर फ्याक्ट चेक गर्दा सो तस्विर सोमबार नै खिचेको पाइएपछि धेरैले यात्री बाइकलाई ‘कामै नलाग्ने बाइक’ समेत भनेका थिए । यहि बहसलाई आधार बनाएर अर्थ सरोकारले खबर प्रकाशन गरेपछि अर्थ सरोकारको सम्पर्कमा आएका पाण्डेले सो फोटो नयाँ नै भएको स्वीकारेका हुन् । उनले आफुले विज्ञप्तिमा पनि नयाँ वा पूरानो नभनेकोले धेरैलाई कन्फ्युजन भएको स्वीकार्दै यस विषयमा थप प्रष्ट पार्न विज्ञप्ति नै निकाल्ने अर्को तयारी गरेकोसमेत बताए ।
उनका अनुसार सो टेष्ट बैक हो । टेष्टका क्रममा बाइकको चेसिसमा समस्या आएर दुर्घटना भएको थियो । र सोहि दुर्घटनामा परेको बैक नै सामाजिक संजालमा भाइरल भएको बाईक हो । उनका अनुसार यो बाइक नयाँ भर्जनको बाइक हो र टेष्टकै क्रममा थियो । उनका अनुसार यसअघि बेचिएका बाइकहरु पनि टेष्ट गरेर, सबै कुरा ठिक छ भनेर बेचिएका बाइक हुन् र तीनमा कुनै पनि समस्या आउँदैनन् । ‘समस्या आए पनि वारेन्टी हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन् ।
उनका अनुसार २०२३ मोडलको बाइकमा समस्या देखिएपछि थप सुधारको काम भईरहेको छ । ‘सधैं सफल नभईने रहेछ । यसपाली यो भर्जनमा त्यस्तै भयो । हामी सुधार्दैछौँ । सबै कुरा ठिक भएपछि मात्र सो मोडलको बाइक बजारमा जान्छ ।’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: