काठमाडौँ । हिन्दी फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै बालेनले फेसबुकमा गरेको पोष्टले चौतर्फी चर्चा पाईरहेका बेला नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।
‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बिप) बनाई सोपश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो ।’ बिहीबार बसेको सेन्सर कार्यपछि सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ ।
अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेस गर्नुपर्ने भएको छ । संवाद हटाएर पेस गरेपछि मात्र फिल्मले प्रदर्शनका लागि अनुमति पत्र प्राप्त गर्नेछ। काठमाडौँ महानगरका मेयर बालेन शाहले यो फिल्मको सो विवादित डायलग नसच्याएसम्म काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताईसकेका छन् ।
** अपडेट : सो सम्बाद हटाएपछि फिल्मको सेन्सर पास भएको छ । तर बालेनले काठमाडौँमा सो फिल्म चल्न नदिने बताईसकेका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्