Skip to content
LAXMI SUNRISE BANK

पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

अर्थ सरोकार

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार रास्वपाको पहिलो वार्षिकउत्सवको अवसरमा अनिल केशरी शाहले पार्टी प्रवेश गरेका हुन् ।

उनलाई पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका छन् ।

बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका थिए । उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रतिनिधि सभा निर्वाचनपछि रास्वपसँग निकट देखिएका बैंकर शाह बिहीबार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK