Skip to content
LAXMI SUNRISE BANK

जहाजभित्रै ‘चुरोट’ खाने २८ वर्षीय युवक प्रहरीको फन्दामा

अर्थ सरोकार

काठमाडौं । उडिरहेको जहाजभित्रै ‘चुरोट’ खाएको आरोपमा एक युवक पक्राउ परेका छन् । दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजभित्रै ‘चुरोट’ खाएको आरोपमा झापाका २८ वर्षीय सुवास पुरी पक्राउ परेका हुन् ।

पुरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विमानस्थलका सुरक्षा प्रहरी कार्यालयका डिआईजी अर्जुनचन्द ठकुरीले जानकारी दिएका छन् ।

पुरीले बुधबार राती ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको जहाजमा ‘चुरोट’ सेवन गरेका थिए । विमानभित्रै हवाई सुरुक्षामा गम्भीर आँच आउने हर्कत गरेपछि पुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरीलाई थप अनुसन्धान गर्न प्रहरी वृत गौशाला पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK