×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘बजेटमा पुरानै प्रवृत्ति रोक्न सकिएन’- अर्थमन्त्री डा.महत

SAGARMATHA CEMENTS

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा रहेका केही पुराना प्रवृति आफुले रोक्न नसकेको स्वीकार गरेका छन् । बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले कनिका छर्ने पुरानो चलनलाई आफुले बजेटमा नै स्वीकार गरेको बताएका छन् ।

‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्णरुपमा सम्बोधन गर्न सकेका छैनौं ।’, उनले भने, ‘केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौँ भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन ।’

स्थानीय तहलाई र प्रदेशहरुलाई दिनका लागि जुन रकम विनियोजन भएको थियो, त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदाहुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति छ । उनले मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको खुलासा पनि गरेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal