×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ’ : अर्थमन्त्री महत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ’ : अर्थमन्त्री महत

Artha Sarokar

१० असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)को २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले प्रतिस्पर्धी बजार पहिचान गरेर लाभ उठाउनुपर्ने बताएका हुन् ।

यस्तै, चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध रहेको र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उनको भनाई छ । ‘सम्पूर्ण मन्त्रालयका सचिवहरुलाई प्रस्ताव गरिएको हरेक कामको कार्यतालिका छ, त्यो अनुसार कार्यान्वयन हुनैपर्छ भनेको छु,’ उनले भने, ‘यसमा ढिलो गर्नेको कुनै गुन्जायस छैन, प्रधानमन्त्रीले पनि त्यही किसिमको निर्देशन दिनुभएको छ ।’

सीएनआईले विभिन्न विषय उठान गरेको छ । खास गरी नेपाली उद्योगहरुलाई कम्तीमा एक तहको संरक्षण दिने उद्देश्य छ । कतिपय ठाउँमा दुई तहको संरक्षण पनि छ । यसले नेपाली उद्योगलाई केही न केही राहत पुग्छ भन्ने मैले विश्वास लिएको अर्थमन्त्रीको भनाई छ । अहिलेको विश्व प्रतिस्पर्धी रहेकाले पनि संरक्षणको छाताभित्र बसेर हामी अगाडि बढ्न नसक्ने उनले बताए ।

‘हामीले जुन बजेट प्रस्ताव गरेका छौं, कतिपय उद्योगी व्यवसायी बेखुशी हुनुहुन्छ । विशेषगरी व्यापारमा संलग्न साथीहरु खुशी नहुन सक्नुहुन्छ । समग्रमा मन्दीबाट समृद्धिको कुरा, लगानीको नारा प्रस्ताव गर्नुभएको छ, त्यसका लागि त्यो आवश्यक थियो । ट्रेडिङ बेस सिस्टम, बेच्ने हाम्रो कम छ, किन्ने मात्रै छ, यसैमा आधारित हाम्रो अर्थतन्त्रलाई परिवर्तन गर्नुपर्छ । परिवर्तनको सुरुवात हामीले गरेका छौं, सुधारको पहिलो स्टेप चालेका छौं’ उनले भने, ‘सम्पूर्ण सुधारलाई हामीले एकैपटक लैजान सक्ने अवस्था थिएन, समय छोटो थियो, सुधारमा टेकेर हामी ०८१-०८२ मा पुग्दा अहिलेदेखि हामी होमवर्क गर्न थाल्नुपर्छ । हाम्रो आन्तरिक फाइनान्सियल सिस्टम रि-स्टक्चर गर्ने कुरा हो । के प्रभावकारी भयो, के भएन, त्यसको मूल्यांकनको आधारमा हामीले बजेटलाई नयाँ दिशा दिन जरुरी छ ।’

मन्त्री डा. महतले भने, ‘हाम्रो अर्थतन्त्र अब चलायमान हुन्छ, मौद्रिक नीतिले थप कुरा ल्याउँछ भन्ने कुरामा मलाई विश्वास छ । हामीले पूँजीगत खर्चको स्पेस बढाउन सकिएन । साधारण खर्चअन्तर्गत सामाजिक सुरक्षा खर्चबाट पछि हट्ने सक्ने अवस्था थिएन । साधारण खर्च बढाउँदै जाने प्रवृत्ति रोकेका छौं । अर्कोतर्फ ऋण र ब्याज तिर्ने दायित्व हाम्रो बढ्दै गयो, अर्को वर्ष अझ बढ्दैछ । यो चाहिँ हाम्रा लागि चासो र चिन्ताको विषय हो । यसले पूँजी र खर्चमा दबाब अझ बढ्दै गएको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी