काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले थन्किएका विद्युतीय बस सञ्चालन गर्न माग गरेका छन् । विद्युतीय सवारीको प्रवद्र्धन र धुँवाधुलोमुक्त शहर बनाउने उद्धेश्यले खरिद गरिएका विद्युतीय बस थन्किएर रहेको भन्दै सञ्चालनमा ल्याउन माग गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले सञ्चालनका लागि खरिद गरिएको विद्युतीय बस थन्किनु दुखद भएको बताएका छन् । ‘नेपाल सरकारले साझा यातायातसँगको सहयोगमा करिब ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेको थियो । जसमा ३ वटा मात्रै सञ्चालनमा छन् भने बाँकी ३४ वटा पार्किङमा थन्किएका छन् ।’, उनले भने, ‘तर, सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन् ।’
त्यस्तै, उनले संसदबाटै जनताको रगतपसिनाबाट जम्मा भएको करले खरिद गरिएका विद्युतीय गाडीमा खिया नलागोस् भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘छोरो पाउने कहिले–कहिले, भोटो सिउने अहिले’, यो उखानले पूर्वजहरूको कुनै पनि पूर्व तयारीको हतारोलाई दर्साउँछ । तर, विडम्बना हामी हाम्रो पूर्वजहरू भन्दा पनि कम छैनौँ ।’, सांसद शाहले भने, ‘छोरो जन्मिसक्यो, लगाउने भोटो छैन । बिजुली बस आइसक्यो, पार्किङ र चार्जिङ स्टेशन छैन । बस गुड्न तयार छ तर रुट परमिट छैन । सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन् । तर, हामी सफा सुविधा सम्पन्न विद्युतीय बसलाई थन्काएर राखिरहेका छौँ । कतै हामीले माल पाएर चाल नपाएको पो नपाएको हो कि ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्