काठमाडौं । सरकारले मुख्यसचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको स्थानमा अर्याललाई नियुक्त गरेको बैठक पछि परराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउदले जानकारी दिएका छन् ।
बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिव नियुक्त गरेको पनि मन्त्री साउदले बताए । ‘बैठकले आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले दिएको राजीनामा स्वीकृत गरेर अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिव नियुक्त गरेको हो ।’, उनले भने, ‘वैरागीलाई नयाँ जिम्मेवारी दिदैं राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गरिएको छ ।’
वैरागीले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको सपथ लिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सपथ लिएका हुन् ।
अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवकोरुपमा कार्यरत थिए । तर, उनी बिहीबारको मन्त्रिपरिषद्को वैठकमा भने मुख्य सचिवको रुपमा नै बसेको पनि एक मन्त्रीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्