×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सट्टेबाजी प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवे भन्छन्- ‘वान एक्स बेटको विज्ञापन गर्नु अवैध हो भन्ने थाहा नै भएन’

PRIME CA
GLOBAL IME BANK

सट्टेबाजी प्रकरणमा पक्राउ परेका बल्छी ध्रुवे भन्छन्- ‘वान एक्स बेटको विज्ञापन गर्नु अवैध हो भन्ने थाहा नै भएन’

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रतिबन्धित अनलाईन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा पक्राउ परेका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले वान एक्स बेटको विज्ञापन गर्नु अवैध भन्ने थाहा नभएको बताएका छन् । हिरासतमा रहेक श्रेष्ठलाई भेट्न गएका कलाकारको टोलीसँग उनले यस्तो बताएका हुन् ।

वान एक्स बेटको प्रचार गरेवापत पैसा आउने भएकाले आफूले विज्ञापन गरेको बताउँदै उनले उक्त कार्य अवैध रहेको भन्ने कुराबाट आफू अज्ञात रहेको बताएका छन् । ‘विज्ञापन गरेवापतको पैसा आउँथ्यो ।’, ‘वान एक्स बेटको विज्ञापन गर्नु अवैध भन्ने नै थाहा भएन । ठूलो संघर्ष गरेर यहाँसम्म आएँ तर सानो विषयमा थुनामा पर्दा दुःख लागेको छ ।’

नेपालमा बर्जित वान एक्स बेटको प्रचार गरेको भन्दै प्रहरीले कलाकार बल्छी ध्रुवेसहित थप ८ जना कलाकार, युट्युबर तथा भ्लगरलाई पक्राउ गरेको छ । केही दिन अघि मात्रै प्रहरीले सोही प्रकरणमा संलग्न रहेको र वान एक्स बेटको विज्ञापन गरेको भन्दे युट्युब भ्लगर राजकुमार तामाङलाई पनि पक्राउ गरेको छ ।

उनीहरुले वान एक्स बेटको विज्ञापन गरेर १० लाखदेखि ४० लाख रुपैयाँसम्म लिएको अनुसन्धानका क्रममा खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: