काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुक पोष्टकै कारण त्रसित बनेका फिल्म हलवालाहरु माहोल बिग्रिए ‘आदिपुरुष’ नचलाउने निष्कर्षमा पुगेका छन् । शुक्रबार बिहानको शो बन्द गरेलगत्तै आकष्मिक बैठक बसेका हलवालाहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।
शुक्रबार बिहान बसेको फिल्म हलको छाता संस्था चलचित्र संघको आकष्मिक बैठकमा उक्त विषय उठेको एक फिल्म हलका सञ्चालकले पुष्ठी गरेका छन् । उनका अनुसार बैठकमा सहभागी अधिकांशले माहोल बिग्रिए ‘आदिपुरुष’ नचलाउने विषयमा सहमति जनाएका छन् ।
‘मेयर बालेनसँग निहुँ खोज्न सकिन्न भन्ने निष्कर्ष बैठकको छ ।’, ती हल सञ्चालकले भने, ‘अब माहोल बुझ्छौँ । शुक्रबार बिहानको शो यसै पनि स्थगित भएकै छ । थप माहोल नसुध्रिने अवस्था आए ‘आदिपुरुष’ चलाउदैनौँ ।’
बिहीबार साँझ मेयर शाहले ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलग विवादिद भएको र सो डालयत परिवर्तन गरी माफी नमागेसम्म काठमाडौं उपत्यकामा हिन्दी फिल्म चल्न नदिने भन्दै फेसबुक पोष्ट सार्वजनिक गरेका थिए । सोही पोष्टले आत्तिएका फिल्म हलवालाहरुले शुक्रबार बिहानको शो स्थगित गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्