काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्र एकल प्रयोगका प्लाष्टिकको प्रयोग निषेध लगाउने घोषणा गरेका हुन् ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा निषेध लगाउने महानगरको निर्णय २०८० साउन १ गतेबाट लागू हुनेछ ।
एकल प्रयोगकका प्लाष्टिकसँगै महानगरले प्लाष्टिकका फूलगुच्छा आयात, उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाउने भएको छ । वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राख्दै महानगरमा प्लाष्टिकजन्य कुनै पनि वस्तुको उत्पाद, प्रयोग र बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।
त्यस्तै, महानगरका मेयर शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानमा धुम्रपानतथा सुर्तिजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने उल्लखे गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्