Skip to content
LAXMI SUNRISE BANK

हवाईजहाजमा नेवार भाषाबाट पनि सूचना प्रवाह गराउने बालेनको घोषणा

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले हवाईजहाजमा नेवार भाषाबाट समेत सूचना प्रवाह गराउन पहल गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्रै शाह (बालेन)ले यस्तो घोषणा गरेका हुन् ।

योसँगै अब महानगरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेपाली र अंग्रेजीमाजस्तै नेवार भाषामा पनि सूचना प्रवाह गर्न पहल गर्ने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाईजहाजमा यात्रुको सुविधाका लागि बजाइने ‘अडियो टेप’ अब स्थानीय नेपाल भाषमा समेत प्रवाह गर्ने गरी पहल गर्ने मेयर शाहले घोषणा गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK